बागमतीले १ सय १८ रनको लक्ष्य प्रस्तुत

गौतम बुद्ध कप ट्वान्टी–२० क्रिकेट शृंखला आजदेखि चितवनमा सुरु भएको छ । रामपुरस्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको प्रदर्शनी मैदानमा अहिले नारायणी र बागमती टोलीबीच खेल भइरहेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ रनको योगफल तयार गरेको हो ।

निकै नै खराव सुरुआत गरेको बागमतीका लागि विक्रम शोव र रशिद खानले आठौं विकेटका लागि ५९ रनको अर्धशतकीय साझेदारी गरेपछि एकसय रनको स्कोर पार भएको थियो ।

ओपनर सुनील धमलाले ३७ रन जोडे पनि शीर्ष क्रममा अन्य ब्याट्सम्यानहरु लगातार आउट भएका कारण बागमती सुरुदेखि नै दवावमा देखियो । कप्तान ज्ञानेन्द्र मल्लले ५, रोहित पौडेल र पवन सर्राफले १/१, प्रदीप ऐरीले १८ बलमा ४ रन बनाउँदा अनिल साह र सोमपाल कामीले खाता खोल्नै सकेनन् ।

११.२ ओभरमा सुनील ३२ बलमा ३७ रनको स्कोरमा आउट हुँदा बागमतीको स्कोर ५०/७ थियो । त्यसपछि आएका विक्रम र रशिदले ५९ रनको ठोष साझेदारी गरे । अन्तिम ओभरको पहिलो बलमा आउट हुनुअघि रशिदले २२ बलमा २ छक्का र १ चौकासहित २७ रन बनाए ।

विक्रम ३७ रनमा अविजित रहे । ३१ बल खेलेका उनले ३ छक्का र २ चौका प्रहार गरे । बलिङमा नारायणीका साहव आलमले २ विकेट लिए । दीपेश श्रेष्ठले २, करण केसी, सुशान भारी र किशोर महतोले १/१ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest