बागमतीकाे लगातार दाेस्राे हार

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको बागमती टिम गौतमबुद्ध कप टी २० क्रिकेट प्रतियोगिताबाट बाहिरीएको छ । लगातार दुई हार ब्यहोरेपछि बागमती प्रतियोगिताबाट बाहिरीएको हो ।

यसका साथै फाइनलमा राप्ती र नारायणी खेल्ने भएका छन । बागमतीको हारले एक खेल अगाडी नै नारायणी र राप्तीले फाइनलमा पुगेका हुन । चितवनमा भएको खेलमा बागमतीले विनोद भण्डारीको राप्ती टिमले बागमतीलाइ ११ रनले हरायाे ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राप्तीले निर्धारित २० ओभरमा ९ विकेट गुुमाउँदै १२९ रन बनाएको हो ।

राप्तीका लागि अमित श्रेष्ठले सर्वाधिक २६रन बनाए । त्यस्तै शरद भेषावकर र कप्तान विनोद भण्डारीले समान २१ रन बनाए ।

कुुशल भुर्तेलले ३, लोकेश बम १५ र हरि चौहानले ५ रन बनाए । भुवन कार्कीले खाता खोल्न नै सकेनन् । जितेन्द्र मुखिया ९ रन बनाएर रन आउट भए । अविनाश बोहोरा ७ रनमा अविजित रहे ।

बलिङतर्फ बागमतीका सोमपाल कामी, सागर ढकाल र रसिद खानले समान २–२ विकेट लिए भने विक्रम शोब र ललित राजवंशीले १–१ विकेट लिएका छन् ।

जवाफमा बागमतीले १९ ओभर चार बलमा एक सय १८ रनमा समेटियाे । बागमतीका लागि सुनील धमलाले ११ रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले १३ रन बनाए । यस्तै रोहित पौडेलले पनि १३ मात्र जोड्न सके ।

अनिल शाहले २२ रन बनाउँदा भिम शार्की मात्र चार रनमा आउट भए । बागमतीका लागि सोमपाल कामीले ३५ रन बनाए भने विक्रम सोब ८ र पवन सराफ १० रनमा आउट भए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest