यू-१९ विश्वकपकाे एसिया छनाेट युएई हुने

सन् २०२२ मा वेष्ट इन्डिजमा हुने यू १९ विश्वकप क्रिकेटका लागि अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले छनोटको प्रक्रिया सार्वजनिक गरेको छ । जसमा नेपालले विश्वकपमा स्थान बनाउन एशिया छनोट पार गर्नुपर्ने भएको छ ।

आइसीसीले सार्वजनिक गरेको छनोट प्रक्रिया अनुसार नेपालले युएईमा हुने छनोट प्रतियोगिता पार गर्नुपर्ने भएको छ । छनोट प्रतियोगितामा नेपाल च्याम्पियन भएको खण्डमा विश्वकपमा स्थान बनाउन पाउनेछ । छनोट प्रतियोगिता २०२१ मा हुने छनोट प्रतियोगिताका लागि नेपालले सोझै एशिया छनोटमा स्थान बनाएको छ ।

नेपालसँगै यूएई र मलेसियाले सोझै एशिया छनोटमा स्थान बनाएका छन । बाँकी दुई टिम रिजनल छनोटबाट आउने भएका छन । जसमा भुटान, हङकङ, ओमान, कतार, साउदी अरेविया, सिंगापुर र थाइल्याण्ड खेल्नेछन । रिजनल छनोटबाट शिर्ष दुईमा स्थान बनाउने टिमले एशिया छनोट खेल्नेछन । जसमा नेपालसहित पाँच टिमको सहभागिता रहनेछन ।

एशिया छनोटको च्याम्पियन हुने टिमले विश्वकपमा स्थान बनाउनेछ । छनोट प्रतियोगिता कहिले हुन्छ भनेर आइसीसीले मिती तोक्न बाँकी छ । टेष्ट देशहरुले सोझै विश्वकपमा स्थान बनाएका छन । वेष्ट इन्डिजमा हुने विश्वकपका लागि विश्व भरमा ३३ देशले विभिन्न महादेशको छनोट हुनेछ ।
नेपालले सन् २०१६ पछि विश्वकपमा स्थान बनाउन सकेको छैन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest