न्यूजिल्याण्डलाई टेष्ट सिरिज

वेष्ट इन्डिजविरुद्धको दुई टेष्टको सिरिज न्यूजिल्याण्डले जितेको छ । दोस्रो खेलमा पनि एक इनिङ र १२ रनको जित निकाल्दै न्यूजिल्याण्डले सिरिज दुई शुन्यले आफ्नो पक्षमा पारेको हो ।

पहिलो पारीमा न्यूजिल्याण्डले चार सय ६० रन बनाएको थियो । न्युजिल्याण्डको उच्च स्कोरमा हेनरी निकोलसले १ सय ७४ रनको शतकीय इनिङ्स खेले । त्यस्तै निल वाग्नेरले अविजित ६६ रन जोड्दा विल योङ्ले ४३ रन बनाए । वेस्ट इन्डिजका अल्जारी जोसेप र शानन ग्राबियलले ३/३ विकेट लिए ।

पहिलो इनिङ्समा १ सय ३१ रन जोडेपछि न्युजिल्याण्डले वेस्ट इन्डिजलाई पुन: ब्याटिङमा पठाएको थियो । पहिलो इनिङ्समा वेस्ट इन्डिजका जेर्मिने ब्लाकवुडले सर्वाधिक ६९ रन बनाएका थिए । न्युजिल्याण्डका टिम साउथी र केली जेमिसनले ५/५ विकेट लिएका थिए ।

दोस्रो इनिङ्समा वेस्ट इन्डिज ३ सय १७ रनमा अलआउट भएपछि न्युजिल्याण्डले एक इनिङ्समै जित निकालेको हो । फलो अनमा परेको वेस्ट इन्डिजका लागि दोस्रो इनिङ्समा जोन क्याम्पबेलले ६८ रन बनाए । यस्तै कप्तान जासन होल्डरले ६१ रन जोड्दा जोसुवा डा सिल्भाले ५७ रन जोडे । न्युजिल्याण्डका ट्रेन्ट बोल्ट र निल वाग्नेरले ३/३ विकेट लिए । टिम साउथी र केली जेमिसनले २/२ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest