गौतमबुद्ध कप टी २० : राप्तीकाे राेमाञ्चक जित

गौतमबुद्ध कप टी २० क्रिकेट प्रतियोगितामा राप्ती टिमले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । आज भएको खेलमा राप्तीले नारायणीलाई एक विकेटले हरायो ।

गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको खेलमा नारायणीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रन बनायो ।

नारायणीका लागि किशोर महतोले अविजित ३६ रन बनाए । यस्तै करन केसीले ३२ रनको योगदान गरे ।

[match_center id=”38386″]

६५ रनमा ६ विकेट गुमाइसकेको अवस्थामा नारायणीको पाली किशोर र करणले उकासेका थिए । यस्तै सुशन भारीले १८, रित गौतमले १३ र इशान पाण्डेले १० रन जोडे । बाँकी खेलाडी सस्तैमा पेभेलियन फर्किए । राप्तीका लागि सुर्य तमाङ र अविनास बोहराले २-२ विकेट लिए ।

जवाफमा राप्तीले १९ ओभर पाँच बलमा नौ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । राप्तिका लागि कुशल भुर्तेलले ६५ रन बनाए भने आशिफ शेखले १४ र सुमित महर्जनले १२ रन बनाए । यस्तै कमलसिंह ऐरीले २४ रनको योगदान गरे ।

खराव सुरुवात भएको राप्तीले खाता खोल्न नपाउँदै पहिलो विकेट गुमायो । त्यसपछि २३ रनमा दोस्रो विकेट गुमाएको राप्तीले ९६ रन बनाउँदा तीन विकेट गुमायो । तर त्यसपछि उसले अरु २४ रन जोड्दा पाँच विकेट गुमाएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest