२०२२ काे विश्वकपकाे ग्लाेबल छनाेटकाे मिती पक्का

सन् २०२२ को आइसीसी टी २० विश्वकपका लागि ग्लोबल छनोटको मिती तय भएको छ । नेपालले सोझै ग्लोबल छनोट खेल्ने यो प्रतियोगिता फ्रेब्रेवरी र मे २०२२ मा हुनेछ ।

त्यो विश्वकपका लागि टी २० बरियताका आधारमा नेपालले सोझै ग्लोबल छनोट खेल्न पाउने भएको हो । नेपालसँगै जिम्बावे, यूएई, सिंगापुरले पनि ग्लोबल छनोट खेल्नेछन ।

जसमा आइसीसीले ग्लोबल छनोट दुई समुहमा गर्ने भएको छ । त्यसमा क्वालिफायर्स ए २०२२ को फेब्रेवरीमा हुनेछ ।

तर कुन देशमा हुने भन्ने एकिन भएको छैन । यस्तै क्वालिफायर्स बी २०२२ को मे महिनामा हुनेछ ।

नेपालले सोझै छनोट खेल्ने प्रतियोगितामा रिजनल छनोटबाट आएका र २०२१ को विश्वकपमा सुमुह चरणमा रहेको टिमविच प्रतिस्पर्धा हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest