काे बन्ला दशककाे उत्कृष्ट एसाेसियट खेलाडी

आइसीसी प्लेयर फ दी डिकेडको विजेता छान्नका लागि भोटिङको समय आज सकिदैछ ।

नोभेम्बर २५ तारिखमा भोटिङ खुल्ला गरेकोमा आज राति समय सकिने छ । आइसीसीले दिने यो अवार्डमा एसोसियट क्रिकेटर अफ दी डिकेडको मनोनयनमा नेपाली पूर्व कप्तान पारस खड्कापनि रहेका छन ।

उनीसँगै स्कटल्याण्डका रिची बेरिङटोन, नेदरल्याण्ड्का पिटर बोरेन, स्कटल्याण्डका केली कोइट्जेर, स्कटल्याण्डकै कालुम म्याक्लियोड र पीएनजीका असाद भाला छन ।

अब पारसलाई भोटिङका आधारमा विजेता बनाउनका लागि मात्र आज अन्तिम दिन बाँकी छ ।

नेपाली क्रिकेटलाई एक दशकसम्म कप्तानी गरेका पारसले डिभिजन पाँच बाट एकदिवसिय मान्यता देश बनाउँदा सम्म कप्तानका रुपमा मात्र होइन अलराउण्ड खेलाडीका रुपमा पनि निकै ठूलो योगदान गरेका थिए ।

यदि तपाईहरुले पनि भोट गर्न विर्सिनु भएको भए आजै भोट गरौं ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest