डब्लुसीएलकाे खेल तालिका सार्वजनिक, मार्चमा नेपालले ओमानसँग खेल्ने

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले विश्वकप क्रिकेट लिग टु को खेल तालिका सार्वजनिक गरेको छ । जसमा पहिलो सिरिज ओमानमा हुनेछ ।

आइसीसीले सार्वजनिक गरेको तालिका अनुसार नेपालले कोरोना भाइरसपछि पहिलो सिरिज ओमानमा खेल्नेछ । जुन २०२१ को मार्च १९ देखि २८ सम्म हुनेछ ।

यस्तै नेपालले २०२१ को जुलाईमा स्कटल्याण्डमा नामिविया र घरेलु टिमसँग खेल्नेछ । यस्तै २०२२ को फेब्रेवरीमा घरेलु मैदानमा यूएई र पीएनजीसँग खेल्नेछ ।

नेपालले सोहि बर्षको जुलाईमा अमेरीकामा अमेरीका, ओमानसँग खेल्नेछ । २०२२ कै सेप्टेम्बर २२ बाट अक्टोबर दुई तारिखसम्म यूएई र पीएनजीसँग पीएनजीमा गएर खेल्नेछ । यस्तै २०२३ को फेब्रेवरीमा यूएई, पीएनजीसँग यूएईमा खेल्नेछ । फ्रेबे्रवरीमा नामिबिया र स्कटल्याण्डसँग घरेलु मैदानमा खेल्नेछ ।

सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसिय विश्वकपका लागि छनोट प्रतियोगितामा अहिले नेपाल छैटौं स्थानमा छ । चार खेलमा उसले दुई जित र दुई हार ब्यहोरेको छ ।

यो प्रतियोगिताको शिर्ष दुईमा रहने टिमले सोझै विश्वकपमा स्थान बनाउनेछन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest