अष्ट्रेलियासँगकाे पहिलाे टेष्टका लागि भारतीय टिमकाे घाेषणा

भारत र अस्ट्रेलियाबीचको टेस्ट सिरिज विहीबारदेखि शुरुहुँदै छ । एक दिवसीय सिरिज अस्ट्रेलियाले जितेको थियो भने टी २० भारतले जितेको थियो । अब विहीबारदेखि टेस्ट सिरिज हुन लागेको हो ।

टेस्ट सिरिजको पहिलो म्याचका लागि भारतले प्लेयिङ सेट सार्वजनिक गरेको छ । अस्ट्रेलियाविरुद्ध मजबुत टिम उतार्ने प्रयास कप्तान विराट कोहलीले गरेका छन् ।

ओपनर, मध्यक्रम र बलिङसम्म सन्तुलित टिम देखिएको छ । अभ्यास म्याचमा शतक बनाउने ऋषभ पन्तले भने टिम ११ मा स्थान बनाउन सकेनन् । उनको ठाउँमा ऋद्धिमान साहलाई विकेटकिपरको भूमिका दिइएको छ । यसैगरी केएल राहुल पनि छैनन् भने पृथ्वी शा र मयंक अग्रवाल ओपनरको भूमिकामा रहने छन् ।

यसैगरी शुभमन गिलले टिममा स्थान बनाउन सकेनन् भन् रविन्द्र जडेजा पनि टिममा छैनन् । इशान्त शर्माको ठाउँमा उमेश यादव भने टिममा परेका छन् । अस्ट्रेलिया र भारतबीचको पहिलो टेस्ट एडिलेडमा हुने छ भने यो टेस्टमा पिंक रङको बल प्रयोग हुने छ । नेपाली समय अनुसार विहान पौने १० बजेदेखि शुरुहुने छ ।

भारतीय टिम
मयंक अग्रवाल, पृथ्वी शॉ, चेतेश्वर पुजारा, विराट कोहली, अजिंक्य रहाणे, हनुमा विहारी, रिद्धिमान साहा, आर अश्विन उमेश यादव, मोहम्मद शमी, जसप्रीत बुमराह।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest