आइसीसी दशकको उत्कृष्ट खेलाडीले पाउने पुरस्कार

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले दिने दशकको उत्कृष्ट खेलाडीका लागि भोटिङको समय गएराति सकिएको छ । अब सर्वाधिक भोट पाउने खेलाडीलाई आइसीसीले दशकको उत्कृष्ट खेलाडीको अवार्ड दिनेछ । यसमा नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का पनि दशकको उत्कृष्ट एसोसियट खेलाडीको मनोनयमा परेका छन ।

पछिल्लो १० बर्षमा देशका लागि अन्तराष्ट्रिय क्रिकेटमा पुर्याएको योगदानका आधारमा मनोनयन सार्वजनिक गरेको हो । २५ नोभेम्बरबाट सुरु गरिएको भोटिङ बुधबार राति सकिएको हो । यो मनोनयनमा २०११ को जनवरी एक बाट १७ अक्टोबर २०२० सम्मको प्रदर्शनलाई आधार मानिएको छ । यसका साथै यो अवार्ड दिनका लागि समर्थकको भोटलाई पनि मुख्य आधार मानिनेछ भने यस्तै एक्सर्ट प्यानलको रोजाईपनि पर्नेछ ।

यो अवार्डको विजेता हुनेले २०२१ मा भारतमा हुने आइसीसी टी २० विश्वकपका लागि विशेष अथिती बन्न पाउनेछ । विजेताको हवाई यातायात, बस्ने ब्यवस्थाका साथै विश्वकपको सुपर १२ को खेलका लागि पिचसम्म जानपाउने ब्यवस्था गरिनेछ ।

यसका साथै यो अवार्ड जित्नेले विश्वकपको ४५ वटा टिकट पाउनेछ भने १५ वटा ओप्पोको रेनो फोर प्रो मोबाइल पाउनेछन । यस्तै विश्वकपका बेला रंगशाला भित्र राखिएको पसलमा ५० डलरको ५० वटा भौचर पाउनेछ ।

यसका साथै यो अवार्डका लागि मनोनयनमा परेका खेलाडीले नोमिनी अवार्ड पाउनेछन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest