सुवास र करण घाइते

नेपाली क्रिकेटरद्धय करण केसी र सुवास खकुरेलले चोट बोकेका छन । चितवनमा भएको गौतमबुद्ध कप टी २० क्रिकेट प्रतियोगिताका बेला दुबै जनाले चोट बोकेका हुन ।

नारायणी टिमको कप्तानी गरेका सुवासलाई बागमतीविरुद्धको पहिलो खेलमा औंलामा चोट लागेको थियो । उनलाई फिल्डिङ गर्ने बेला बायाँ हातको कान्छिऔंलामा चोट लागेको हो ।

एक्सरे गर्दा औंला नभाचिएपछि मांशपेसीमा सामान्य चोट लागेको र केहि दिन आराम हुने निको हुने संभावना भएको बताइएको छ । उनले आसन्न प्रधानमन्त्री कप खेल्ने नखेल्ने भन्ने एकिन छैन ।

यस्तै करण केसीलाई फाइनलका बेला फिल्डिङ गर्दा चोट लागेको थियो । उनको खुट्टाको एंकलमा चोट लागेको छ ।

उनको खुट्टा सामान्य सुन्निएको छ तर एक्सरेमा गहिरो चोट नभएको देखिएको छ । करणको एंकलको मांशपेशीमा सामान्य टियर भएको बताइएको छ । हाल उनी आरामको क्रममा रहेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest