पाकिस्तानले दियाे एक सय ५४ रनको लक्ष्य

न्यूजिल्याण्डविरुद्धको पहिलो टी २० खेलमा पाकिस्तानले एक सय ५४ रनको लक्ष्य दिएको छ ।

अक्ल्याण्डमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ५३ रन बनायो ।

खराव सुरुवात गरेको पाकिस्तानले आठ रनमा पहिलो विकेट गुमायो । त्यसपछि २० रन बनाउँदा उसले चार विकेट खेर फालेको थियो । उसका पाँच खेलाडीले दोहोरो अंक जोड्न सके ।

जसमा कप्तान सादाब खानले सर्वाधिक ४२ रन बनाए । यस्तै फाहिम अर्सफले ३१ रनको योगदान गरे भने इमाद वासिमले १९ तथा मोहम्मद रिजवानले १७ रन बनाए ।

बलिङमा न्यूजिल्याण्डका जाकोब डुफेले चार विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest