न्यूजिल्याण्ड ५ विकेटले विजयी

पाकिस्तानसँगको पहिलो टी २० खेलमा घरेलु टिम न्यूजिल्याण्ड ५ विकेटले विजयी भएको छ ।

अक्ल्याण्डमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ५३ रन बनायो ।

खराव सुरुवात गरेको पाकिस्तानले आठ रनमा पहिलो विकेट गुमायो । त्यसपछि २० रन बनाउँदा उसले चार विकेट खेर फालेको थियो । उसका पाँच खेलाडीले दोहोरो अंक जोड्न सके ।

जसमा कप्तान सादाब खानले सर्वाधिक ४२ रन बनाए । यस्तै फाहिम अर्सफले ३१ रनको योगदान गरे भने इमाद वासिमले १९ तथा मोहम्मद रिजवानले १७ रन बनाए । बलिङमा न्यूजिल्याण्डका जाकोब डुफेले चार विकेट लिए ।

जवाफमा न्यूजिल्याण्डले १८ ओभर ५ बलमा पाँच विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसले पनि सुरुवात भने राम्रो गर्न सकेन । आठ रनमा पहिलो विकेट गुमाएको न्यूजिल्याण्डले २१ रन बनाउँदा दोस्रो विकेट खेर फाल्यो । उसका ओपनर मार्टिम गुप्टिल ६ रनमा आउट भए भने डेभोन कोनवेले मात्र पाँच रन बनाए ।

तर टिम सेइफेर्टले ५७, ग्लेन फिलिप्सले २३, मार्क चपमनले ३४ रन बनाउँदा न्यूजिल्याण्डले सहज जित निकाल्यो । यसका साथै न्यूजिल्याण्डका लागि जेम्स निसामले १५ र कप्तान मिचेल सान्तानेरले १२ रनको योगदान गरे ।

यो जितसँगै न्यूजिल्याण्डले तीन खेलको सिरिजमा एक शुन्यको अग्रता बनाएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest