भारतविरूद्ध अष्ट्रेलियाकाे खराब ब्याटिङ

भारतविरुद्धको पहिलो टेष्टको पहिलो पारीमा अष्ट्रेलिया मात्र एक सय ९१ रनमा अलआउट भएको छ ।

अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा भारत २४४ रनमा रोकिएको छ । एडिलेडमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले दोस्रो दिनको पहिलो सेसनमै भारत अलआउट हुन पुग्यो । पहिलो दिन ८९ ओभर खेल्दा ६ विकेट गुमाएर २३३ रन बनाएको भारतले बाँकी चार विकेट भने टिमको स्कोरमा ११ रन थप्दा गुमाउन पुग्यो ।

दोस्रो दिनको पहिलो विकेटको रुपमा रविचन्द्र आश्विनलाई गुमाएको थियो । त्यतिबेला अघिल्लो दिनको स्कोरमा एक रन पनि भारतले थप्न सकेन् । दोस्राे विकेटको रुपमा ऋद्धिमान साह आउट भएपछि भारतले आठौ विकेट गुमाउँदा २३५ रन बनाएको थियो ।

९२.२ औं ओभरमा उमेश यादव आउट भएपछि नवौं विकेट गुमाएको भारतले दशौं विकेटको रुपमा मोहम्मद शामी आउट हुँदा २४४ रन बनेको थियो । भारतलाई रोक्ने क्रममा अस्ट्रेलियाका लागि मिचेल स्टार्कले चार विकेट लँदा पेट कमिन्सले तीन विकेट हात पारे ।

भारतका लागि पहिला पारिमा कप्तान विराट कोहलीले सर्वाधिक ७४ रन बनाए भने दोस्रो सर्वाधिक रन चेतेश्वर पुजाराको नाममा ४३ रहह्यो । यसैगरी अजिक्या रहाणेले ४२ रन बनाउँदा मायंक अग्रवालले १७ तथा, हनुमा विहारीले १६ र रविचन्द्र जडेजाले १५ रनको योगदान गरे ।

भारतले पहिलो पारीमा बनाएको दुई सय ४४ रन पक्ष्याएको घरेलु टिम सस्तैमा आउट भए । अष्ट्रेलियाका लागि कप्तान टिम पेनीले ७३ रन बनाए भने मार्नुसले ४७ रन बनाए ।

यस्तै मिचेल स्टार्कले १५ तथा नाथन लियोनले १० रन बनाउँदा बाँकी सस्तैमा आउट भए । अष्ट्रेलियालाई कम स्कोरमा रोक्नका लागि रविचन्द्रन आश्विनले चार तथा उमेश यादवले तीन विकेट लिए । यस्तै जसप्रित बुर्माहले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest