भारतविरुद्धको पहिलो टेस्ट क्रिकेटमा अस्टेलिया ८ विकेटले विजयी

भारतविरुद्धको पहिलो टेस्ट क्रिकेटमा अस्टेलिया ८ विकेटले विजयी भएको छ । दोस्रो पारिमा जम्मा ३६ रन बनाएको भारतले अस्ट्रेलियालाई जम्मा ९० रनको लक्ष्य दिएको थियो ।

तेस्रो दिनको पहिलो सेसनमा भारत ३६ रनमा सेमेटिएपछि घरेलु टोली अस्ट्रेलियाले लक्ष्य पछ्याएको थियो । उक्त लक्ष्य अस्ट्रेलियाले २ विकेट गुमाएर पुरा गरेको थियो । अस्ट्रेलियाका लागि म्याथ्यु वेड ३३ रन बनाएर रन आउट हुन पुगेका थिए ।

त्यसपछि जोय बु्रुन्स र मार्कस लाबुेसनले पारि अघि बढाएका थिए । लाबुेन्स पनि ६ रन बनाएर आउट हुन पुगे । अन्तिमसम्म क्रिजमा रहेका जोय ब्रुन्सले ५१ रनको नटआउट अर्धशतकीय पारि खेल्दा स्टेभन स्मिथ १ रनमा नटआउट रहे ।
भारतका रविचन्द्र आश्विनले एक विकेट लिए ।

अष्ट्रेलियाविरुद्धको पहिलो टेष्टमा भारत दोस्रो पारिमा मात्र ३६ रनमा अलआउट हुन पुग्यो । टेष्ट क्रिकेटको इतिहासमा भारतको यो एकै पारीमा कम रनमा अलआउट भएको यो पहिलो पटक हो ।

अष्ट्रेलियाविरुद्धको पहिलो टेष्टको दोस्रो पारीमा भारत मात्र २१ ओभर दुई बलमा ३६ रनमा अलआउट भयो । टेष्ट क्रिकेटको इतिहासमा भारतको यो अहिलेसम्म कै न्यून योगफल हो । यस्तै टेष्ट क्रिकेटमा समग्रतामा यो चौथो कम स्कोर हो ।

यसअघि १९५५ मा इंग्ल्याण्डविरुद्ध न्यूजिल्याण्ड २६ रनमा अलआउट भएको थियो भने त्यसपछि लगातार चार पटक दक्षिण अफ्रिका कम स्कोरमा अलआउटभएको थियो । त्यसमा तीन पटक इंग्ल्याण्डसँग र एक पटक अष्ट्रेलियासँग अलआउट भएको थियो ।

भारतको समान स्कोरमा अलआउट हुने अर्को देश अष्ट्रेलियापनि हो । उसले इंग्ल्याण्डविरुद्ध १९०२ मा ३६ रन मात्र बनाउन सकेको थियो ।
तर यसपटक भारत अष्ट्रेलियन भूमीमा ध्वस्त हुन पुग्यो । पहिलो पारीमा दुई सय ४४ रनमा अलआउट भएको भारतविरुद्ध अष्ट्रेलिया आफ्नो पहिलो पारीमा एक सय ९१ रनमा समेटिएको थियो ।

तर दोस्रो पारीमा भारत मात्र ३६ रनमा अलआउट भएपछि अष्ट्रेलिया पहिलो पारीमा जितको नजिक रहेको थियो । दोस्रो पारीमा भारतका कुनैपनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । उसका लागि सर्वाधिक रन मायांक अग्रवालले बनाए । भारतको पारीलाई ध्वस्त बनाउन जोस हेजलहुडले पाँच तथा प्याट कुमिन्सले चार विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest