पूर्व भारतीय क्रिकेटर सुरेश रैना धराैटीमा रिहा

पूर्व भारतीय क्रिकेटर सुरेश रैना कोरोना महामारीको समय सरकारी नियम उल्लंघन गरेपछि प्रहरी हिरासतमा परेका थिए ।

हिरासतमा परेका रैना हाल धरौटीमा छुटेका छन् ।

महामारीको समयमा रैनालाई पुलिसले मुम्बईको ुड्रागन फ्लाई क्लबुबाट पक्राउ गरेको थियो ।

रैनासँगै अन्य केही बलिउडका सेलिब्रेटी तथा गायक सहित ३४ जना पक्राउ परेका थिए।

मुम्बई पुलिसले बिहानको ३ बजे उनीहरुलाई सामाजिक दूरी कायम नगरेको, मास्क नलगाएको र निश्चित समयभन्दा बढी क्लबमा बसेको भन्दै पक्राउ गरेको थियो ।

पक्राउ परेका सबैजना हाल धरौटीमा छुटेको बताइएको छ ।

रैनाले यसै वर्ष अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए । तर रैना भारतको घरेलु क्रिकेट शेइद मुस्तक अलि ट्रफी टी(ट्वान्टीमा मैदान उत्रने छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest