ब्राडम्यानकाे क्याप लिलाम

विश्व क्रिकेटका महान खेलाडी मानिने सर डन ब्राडम्यानकाे डेब्यु टेस्टमा लगाएको क्याप ४ लाख ५०,००० अस्ट्रेलियन डलरमा लिलाम भएकाे छ । सर डोनाल्ड ब्राडम्यानले ३० नोभेम्बर १९२८ मा ब्रिसबेनमा इंग्ल्यान्डबिरुद्ध एसेस सिरिजमा डेब्यु गरेका थिए।

उनकाे क्यापलाइ अस्ट्रेलियाका व्यवसायी पिटर फ्रिडम्यानले खरिद गरेका हुन।  क्रिकेटमा खेलाडीकाे सामाग्रि धेरै रकममा लिलाम भएकाे याे दाेस्राे धेरै रकम हाे । यसअघि अस्ट्रेलियाकै लेग स्पिनर शेन वार्नको टेस्ट क्याप १० लाख ७,५०० अस्ट्रेलियन डलर अर्थात् ९ करोड २ लाख ९६ हजार नेपाली रुपैयाँमा बिक्रि भएको थियो।

ब्राडम्यानले अस्ट्रेलियाको लागि १९२८ देखि १९४८ सम्म २० वर्षमा ५२ टेस्ट खेलेका थिए जसलाई विश्वकै सबैभन्दा उत्कृस्ट क्रिकेटरको रुपमा चिनिने गरिन्छ। उनि १९४९ मा रिटायर हुँदा उनको ब्याटिंग औशत अपत्यारिलो ९९.९४ को रहेको थियो।

ब्राडम्यानले आफ्नो डेब्यु क्याप आफ्नो साथी पिटर डनहमलाई सन् १९५९ मा गिफ्टको रुपमा दिएका थिए।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest