टी-२० बरियतामा पारस एक स्थान तल झरे

आइसीसीको टी २० को नयाँ बरियतामा नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का एक स्थान तल झरेका छन ।

यसअघि ७२ औं स्थानमा रहेका पारस एक स्थान तल झरेका हुन । उनको कुल रेटिङ चार सय अंक रहेको छ ।

उनको टी २० को ब्याटिङमा उच्च बरियता ४२ औं स्थानको रहेको छ ।

ब्याटिङमा टी २० को बरियतामा पारस शिर्ष एक सयमा पर्ने एक्लो नेपाली खेलाडी हुन ।

टी २० को बलिङमा पनि सन्दिप लामिछाने ८० औं स्थानमा छन । उनी यो भन्दा अगाडी ८१ औं स्थानमा थिए ।

टी २० को विश्व बरियतामा शिर्ष स्थानमा इंग्ल्याण्डका डाविड मालान यथावत छन । दोस्रो स्थानमा बाबर अजाम छन भने तेस्रो स्थानमा भारतीय खेलाडी लोकेश राहुल छन । चौथो स्थानमा आरोन फिन्च छन ।

अष्ट्रेलियाका ग्लेन म्याक्सवेल छैटौं स्थानमा पुगेका छन । उनी भन्दा पछाडी सातौं स्थानमा भारतीय कप्तान विराट कोहली छन ।

बलिङमा शिर्ष दुई स्थान अफगानिस्तानी बलरले ओगटेका छन । शिर्ष स्थामा रासिद खान र दोस्रो स्थानमा मुजिब उर रहमान छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest