सादाबले पहिलाे टेष्ट गुमाउने

न्यूजिल्याण्डविरुद्धको पहिलो टेष्टमा पाकिस्तानका अलराउण्डर सादाब खानले नखेल्ने भएका छन । उनको तिघ्रामा चोट लागेपछि पहिलो टेष्ट नखेल्ने भएका हुन ।

न्युजिल्याण्डसँगको टी २० सिरिजमा दुई एकले हार्दा उनले नै कप्तानी गरेका थिए । तर डिसेम्बर २६ ताखिरबाट सुरु हुने पहिलो टेष्टमा भने उनले चोटका कारण खेल्न नपाउने भएका हुन । उनको स्थानमा जाफर गाहरलाई टिममा राखिएको छ ।

यसअघि खानले जिम्बावेविरुद्ध घरेलु मैदानमा भएको सिरिजपनि ग्रोइनको चोटका कारण गुमाएका थिए । तर उनी न्यूजिल्याण्डको टुरका बेला फिट भएका थिए ।

न्यूजिल्याण्ड पुगेपछि पाकिस्तानका नियमित कप्तान बाबर अजाम औंलाको चोटका कारण नखेल्ने भएपछि टी २० सिरिजमा उनले कप्तानी गरेका थिए ।

तर टेष्ट सिरिज अगाडी चोट लागेपछि उनी कम्तिमा एक साता आराम गर्नुपर्ने बताइएको छ । पाकिस्तान क्रिकेट बोर्डले उनी चोटग्रस्त भएको र एक खाता नखेल्ने बताएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest