गण्डकी प्रदेश छनोटमा कास्की च्याम्पियन

पोखरा – प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेश छनोटमा कास्की च्याम्पियन बनेकाे छ । नवलपुरलाई ८६ रनले हराउँदै कास्कीले उपाधि जितेको हो ।

पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कास्कीले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २ सय एक रन बनाएको थियो । कास्कीका लागि अर्जुन कुमालले सर्वाधिक ७७ रन बनाए । यस्तै सुवास भण्डारीले ३४, विपिन खत्री ३० र अमृत गुरुङले १० रनको योगदान गरे । बलिङमा नवलपुलका विशाल पौडेलले २ तथा विज्ञान गौतम, लक्की र कमलले एक एक हात पारे ।

२ सय २ रनको लक्ष्य पछ्याएको नवलपुर ३१ ओभरमा मात्र एक सय १५ रनमा समेटियाे । उसका ओपनर राहुल शर्माले ३२, कमल परियारले १६ र सन्देश बस्नेतले २७ रन बनाउँदा बाँकी खेलाडी सस्तैमा पेभेलियन फर्किए । कास्कीका लागि बलिङमा विपिन खत्री र दीपेश खत्रीले ३–३ विकेट लिए । सुबास भण्डारीले २ र अमृत गुरुङले १ विकेट लिए ।

प्रतियाेगितामा उत्कृष्ट खेलाडीमा पनि कास्कीकै बर्चश्व रह्याे । १४ वर्षिय अर्जुन उत्कृष्ट ब्याट्सम्यान घोषित भए । उनले तीन खेलमा कुल १ सय ४२ रन बनाएका थिए । प्रतियोगिताकाे सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट बलर सुवास भण्डारी बने । उनले कुल ८ विकेट लिए भने ब्याटिङमा ५३ रन जोडेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest