Cricnepal.com
Wednesday, January 27, 2021
  • English
  • नेपाली
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series1
    • Prime Minister Cup 2021
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social
Cricnepal.com
No Result
View All Result
Cricnepal.com
No Result
View All Result

टी-१० लिगमा तीन नेपाली खेलाडी

by cricnepal.com Staff
December 24, 2020
0

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले संयुक्त अरव इमिरेट्स (यूएइ) हुने आगामी संस्करणको टि १० लिग खेल्ने भएका छन् ।

बुधबार राती सम्पन्न ड्राफ्टमा अलराउन्डर करण केसी, सोमपाल कामी र कुशल मल्ललाई तीन फरक फरक फ्रेन्चाइज टोलीले अनुबन्ध गरेका छन् ।

सोमपाल मराठा अरेवियन्समा अनुबन्ध भएका छन् । टि १० सोमपालको दोस्रो विदेशी लिग हुने छ । सोमपालले गतवर्ष ग्लोबल टि२० क्यानडा विनिपेग हक्सबाट खेल्दै च्याम्पियन बनेको थिए । कुशल र करण पहिलो पटक विदेशी लिगमा जोडिएका हुन् ।

१६ वर्षिय युवास्टार कुशल मल्ल टिम आबूधाबीबाट खेल्ने छन् । आबूधाबीमा पारस खड्का इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा छन् । टिम आबूधाबीमा यूर्निभर्सल बोसका नामले परिचित वेस्टइन्डिजका आक्रामक ब्याट्सम्यान क्रिस गेल छन् । टिम आबूधाबीबाट गतवर्ष पारस खड्काले खेलेका थिए ।

नेपाली घरेलु क्रिकेटका नियमित सदस्य रोहन मुस्तफा पनि टिम आबूधाबीमा हुँदा कुशललाई सहज हुने छ । आक्रामक र ठूला सटका लागि परिचित कुशल आफ्नो स्पिन जादुमा पनि ब्याट्सम्यानलाई फसाउने गर्दछन् ।

करण पुणे डेभिल्समा अनुबन्ध भएका छन् । समग्रमा टि १० लिगमा अनुबन्ध हुने करण पाँचौ नेपाली खेलाडी हुन् । सोमपाल र करण दुबै तीव्र गतिसँगै तल्लोक्रममा आक्रामक ब्याटिङको लागि नेपाली क्रिकेटमा परिचित जोडी हुन् । यी दुई खेलाडी नेपाली क्रिकेटका पहिलो रोजाईका तीव्र गतिका बलर हुन् ।

गत वर्ष पारसले पहिलो पटक टि १० लिग विदेशी लिगको रुपमा आबूधाबीबाट खेलेका थिए । यस पटक भने पारस फरक भूमिकामा छन् । सन्दीपले दुई संस्करण खेलि सकेका छन् । यस पटक सन्दीप अष्ट्रेलिया विग ब्यास लिगसँग जुधेको हुँदा टि १० लिग खेल्ने छैनन् । टि १० जनवरी २८ देखि फेब्रुअरी ६ सम्म चल्ने छ । जारी बिग ब्यास लिग फेब्रुअरी ६ मा सकिने छ । होबार्ट हरिकेन्समा अनुबन्ध भएका सन्दीप अष्ट्रेलियामा क्वारेन्टाइनमा छन् ।

पहिलो पटक नेपाली क्रिकेटबाट एकै विदेशी लिगमा तीन खेलाडी अनुबन्ध भएका हुन् । यसअघि गतवर्ष टि १० लिगमा पारस र सन्दीप तथा ग्लोबल टि२० क्यानडामा सन्दीप र सोमपालले खेलेका थिए । टि १० मा गतवर्ष सन्दीपले कर्नाटक टस्कर्स र पारसले आबूधाबीबाट खेलेका थिए । ग्लोबल टि२० क्यानडामा सोमपाल हक्स र सन्दीप टोरन्टो नेशनलबाट खेल्दै नेपालको प्रतिनिधित्व गरेका थिए ।

Tags: Karan KCKushal MallaSompal Kami

सम्बन्धित समाचार

सुवास र करण घाइते

सच्चियाे राष्ट्रिय क्रिकेट टिमका खेलाडीकाे बर्गिकरण

एकदिवसीय क्रिकेटमा कुशलको डेब्यु विकेट

अमेरिकाविरुद्ध कुशलको कीर्तिमानी अर्धशतक

अमेरिकाविरुद्ध टस हारेर नेपाल ब्याटिङमा, कुशलको डेब्यु

सोमपाल कामी बैवाहिक बन्धनमा बाँधिए

Load More
Next Post

२०२२ मा इन्डियन प्रिमियर लिगमा टिमको संख्या १० पुर्याइने

प्रधानमन्त्री कप महिला क्रिकेट प्रत्यक्ष प्रशारण हुने

Discussion about this post

January 27, 2021
1st Semi-final
APF
203/9
NPC
173/10
Scorecard | Series Home
January 25, 2021
Match 20
PRO-2
169/7
NPC
170/6
Scorecard | Series Home
January 25, 2021
Match 19
APF
240/10
TAC
234/8
Scorecard | Series Home
January 24, 2021
Match 18
BAG
220/9
LUM
220/10
Scorecard | Series Home
January 24, 2021
Match 17
PRO-2
195/10
SUD
196/7
Scorecard | Series Home
January 23, 2021
Match 16
SUD
62/10
LUM
64/4
Scorecard | Series Home

मुख्य समाचार

एपीएफ पीएम कपकाे फाइनलमा, पुलिस ३० रनले पराजित

आइपीएलको अक्सन फेब्रेवरी १८ मा

एपीएफले पुलिसलाई दुई सय चार रनको लक्ष्य

  • About us
  • Advertise
  • Write for us
  • Privacy Policy
  • TOC’s
  • Contact us
English Edition

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal

No Result
View All Result
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup 2021
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal