प्रधानमन्त्री कप महिला क्रिकेट प्रत्यक्ष प्रशारण हुने

दाङको लमहीमा हुने प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रशारण डिश होमको एक्सट स्पोर्टसले गर्ने भएको छ ।

यहि पुष ११ गतेबाट हुने प्रतियोगिताको प्रत्यक्ष प्रशारणका लागि नेपाल क्रिकेट संघ क्यानले डिश होमसँग सम्झौता गरेको छ । क्यानका तर्फबाट अध्यक्ष चतुरबहादुर चन्द र डिश होमका प्रतिनिधीले सम्झौता पत्र हस्तान्तरण गरेका छन ।

प्रतियाेगिताका लागि क्यानले प्रायाेजक खाेज्ने कामपनि जारी राखेकाे छ । कोरोना भाइरसका कारण बन्द भएको घरेलु क्रिकेटलाई क्यानले विस्तारै सुचारु गर्ने तयारी गरेको छ । यस्तैमा महिला क्रिकेट क्यानको पहिलो आधिकारीक घरेलु प्रतियोगिता हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को खर्चमा हुन लागेको प्रतियोगितामा सात प्रदेश र विभागिए टिम रहेका छन । प्रतियोगिताका लागि खेलाडी छनोटको कामपनि सकिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest