लमहीमा हुने महिला प्रधानमन्त्री कप किकेट प्रतियोगिताको लागि कर्णाली प्रदेशले लक्ष्मी रिमालको कप्तानीमा टिमकाे घोषणा गरेको छ ।
समुह ए मा रहेकाे कर्णालीले १४ सदस्यिय टिमकाे घोषणा गरेकाे हाे । कर्णाली रहेकाे समुहमा एपिएफ, प्रदेश २, कर्णाली र लुम्बिनी प्रदेश छन् ।
पुस ११ देखि १९ सम्म हुने प्रतियाेगितामा कर्णालीले पहिलो खेल एपिएफसँग खेल्ने छ ।
कर्णाली प्रदेशको टोली : लक्ष्मी रिमाल (कप्तान), अन्शु शाक्य, स्वेता थापा, दीक्षा पुरी, लक्ष्मी पुरी, दीपा राना, तृसना विश्वकर्मा, आयुशा टन्डन, निशा पराजुली, विना गाहामगर, अन्जिला थापा क्षेत्री, मोनिका राना, अन्जु गुरुङ र सुजाता बोगटी
कर्णाली प्रदेशले पुस १२ मा लुम्बिनीसँग खेल्ने छ ।
Discussion about this post