आईसीसी अवार्ड डिसेम्बर २८ मा दिइने

आईसीसी अवार्ड डिसेम्बर २८ अर्थात आगामी सोमबार वितरण गरिने भएकाे छ । आईसीसीले एक दशकसम्म उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुको मनोनयन केही समय अघि सार्वजनिक गरेको छ ।

जसमा आईसीसीले १० वटा विधामा अवार्ड दिनका लागि मनोनयन सूची सार्वजनिक गरेको थियो । त्यसमा नेपालबाट पूर्व कप्तान पारस खड्का पनि यो अवार्डका लागि मनोनयनमा रहेका छन् । उनी पुरुष एशोसिएट प्लेयर अफ डि डिकेडको अवार्डका लागि मनोनयनमा परेका हुन् । पारससँगै यस अवार्डका लागि बिभिन्न देशका ६ खेलाडी परेका छन् । जसमा स्कटल्याण्डका तीन खेलाडी परेका छन् ।

नेपालबाट भने पारस एक्लो खेलाडी यो मनोनयनमा परेका हुन । स्कटल्याण्डबाट मनोनयनमा पर्ने खेलाडीमा केली कोट्जेर, कालुम म्याक्लिओड र रिची बेरीङटन छन् ।

यस्तै पपुवा न्युगिनी र नेदरल्याण्ड्सबाट पनि एक एक खेलाडी मनोनयनमा परेका छन । पीएनजीबाट यो मनोनयनमा पर्नेमा असाद भाला र नेदरल्यान्ड्सबाट पिटर बोरेन छन् ।

आइसीसीले विजेताको नाम भोटिङको आधारमा घोषणा गर्नेछ । नेपालका लागि एक दशक कप्तानी गरेका पारस सफल खेलाडीका साथै सफल कप्तान पनि हुन् । सन् २००४ मा राष्ट्रिय टोलीमा डेब्यू गरेका पारसले सन् २००९ मा विनोद दास पछि नेपाली टोलीको कप्तानी सम्हाल्दा नेपाल अन्तर्राष्ट्रिय क्रिकेटको सबैभन्दा तल्लो तहमा थियो ।

१० वर्षको बीचमा नेपाली क्रिकेटले देखेको सबैखाले सपना साकार पार्ने समूहको नेतृत्व पारसले गरे । उनी नेपाली क्रिकेटमा अहिलेसम्मकै सर्वाधिक सफल कप्तान हुन् ।

नेपाललाई आईसीसी विश्व क्रिकेट लिग डिभिजन–५ देखि ट्वान्टी–२० विश्वकप र एकदवसीय अन्तार्रष्ट्रिय मान्यता दिलाउन पारसले खेलाडी र कप्तानको रूपमा खेलेको भूमिका अविश्वसनीय छ । खड्काले राष्ट्रिय टिमको कप्तानबाट २०७६ साल असोज २८ गते राजीनामा दिएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest