महिला प्रधानमन्त्री कपको तयारी पूरा

शनिबार देखि दाङ लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुन् गईरहेको महिला प्रधानमन्त्री कपको तयारी पूरा भएको छ ।

लुम्बिनी प्रदेशको प्रतिष्ठासँग जोडिएर हेरिएको प्रतियोगिताको तयारी पूरा भएको लुम्बिनी प्रदेश क्रिकेट संघले जानकारी गराएको छ ।

प्रतियोगिताको पूर्व सन्ध्यामा अहिले मैदान प्रतियोगिताका लागि तयारी अवस्थामा रहेको छ । विशेष माटो प्रयोग गरेर तीन वटा विकेट तयारी अवस्थामा रहेको छ । त्यसअघि आउट फिल्डलाई पनि राम्रोसँग ब्यबस्थापन गरिएको छ ।

ब्यबस्थापनका हिसावले पनि अन्य कामहरु सकिसकेका छन् । यसै बीचमा आयोजनाको जिम्मेवारी प्राप्त गरेको लुम्बिनी क्रिकेट संघका अध्यक्ष दुर्गा बहादुर थापा मगरले प्रतियोगितालाई लिएर उत्साहित रहेको र प्रतियोगिताको आयोजनालाई लिएर न्यान्य गर्ने बताएका छन् ।

प्रतियोगिताको प्रत्यक्ष प्रसारण एक्सन स्पोट्स टेलिभिजनले गर्नेछ । भने डिजिटल स्कोरका लागि इसपीएन क्रिकइन्फो डट कमबाट हेर्न सकिने ब्यबस्था मिलाईएको छ ।

यता प्रतियोगितामा ७ प्रादेशिक टोलीसँगै विभागीय टोली एपीएफको सहभागिता रहने छ । जसलाई दुई समूहमा विभाजन गरिएको छ ।

जस अन्तर्गत समूह ‘ए’ मा एपिएफ, प्रदेश नम्बर २, कर्णाली र लुम्बिनी प्रदेश रहेका छन् । भने समूह ‘बी’ मा सुदूरपश्चिम, बागमती, गण्डकी र प्रदेश नम्बर १ रहेको छ ।

उद्घाटन खेलमा लुम्बिनीले प्रदेश नम्बर २ को सामना गर्नेछ । खेल अघि स्थानिय लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीको प्रमुख अथित्यतामा उद्घाटन सत्र हुनेछ ।

यसरीसमूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनलका दुवै खेल १७ गते हुनेछ । भने प्रतियोगिताको फाइनल खेल १९ गते हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest