एपीएफको भारी अन्तरको जित

सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा विभागिए टिम एपीएफले कर्णाली प्रदेशमाथि दुई सय चार रनको भारी अन्तरले हराएको छ ।

लमही क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा चार विकेट गुमाउँदै दुई सय ३५ रन बनायो । उसका लागि कप्तान सिता रानामगरले सर्वाधिक ६८ रन बनाइन ।

निकै बलियो सुरुवात गरेको एपीएफले पहिलो विकेटका लागि ९७ रनको साझेदारी गरेको थियो । जसमा ज्योती पाण्डेले ३२ रन बनाइन ।

दोस्रो विकेटका लागि सिता र सरिता मगरले पनि ९९ रनको साझेदारी गर्दै टिमलाई निकै बलियो स्थितीमा पुर्याए । शिताले ५९ बलमा ६८ रन बनाइन ।

यस्तै सरिताले अविजीत ४४ रन बनाइन भने इन्दु बर्माले २२ रनको योगदान गरिन । कणालीले ६७ रन अतिरीक्त दिएको थियो ।

दुई सय ३६ रनको विशाल लक्ष्य पक्ष्याएको कर्णाली १४ ओभर एक बलमा मात्र ३१ रनमा अलआउट भयो । उपाधिको प्रमुख दावेदार एपीएफविरुद्ध कर्णालीले सुरुवात देखि नै खराव ब्याटिङ गर्यो ।

उसका कुनैपनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । एक रनमा पहिलो विकेट गुमाएको कर्णाृलीलले लगातार रुपमा विकेट गुमायो । उसका पाँच खेलाडीले खाता खोल्न सकेनन् ।

उसका लागि कप्तान लक्ष्मी रिमालले सर्वाधिक नौ रन बनाइन । कर्णालीको पारीलाई ध्वस्त पार्न करुणा भण्डारीले पाँच तथा राजमती ऐरीले दुई विकेट लिइन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest