सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा लुम्बनीले लगातार दोस्रो जित निकाल्दा कर्णालीले लगातार दोस्रो हार ब्यहोर्यो । आज भएको खेलमा लुम्बिनीले कर्णालीलाई नौ विकेटले हरायो ।
टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित १३ ओभरमा ६ विकेट गुमाउँदै मात्र ३४ रन बनायो ।
कर्णालीका लागि दीक्षा पुरीले सर्वाधिक ८ रन बनाइन भने अन्शु साक्य ७ रनमा अविजित रहिन् ।
बाँकी खेलाडी सस्तैमा पेभेलियन फर्किए । लुम्बिनीका लागि नेरी थापाले २ विकेट लिइन् । सरिता जिसी र गिता गोसाईले नाममा १–१ विकेट लिए ।
जवाफमा लुम्बीनीले तीन ओभर एक बलमा एक विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसका लागि कप्तान नेरी थापाले नौ तथा सरस्वतीले तीन रन बनाइन ।
उसका लागि पहिलो विकेटका रुपमा आउट भएकी गिता घोषाईले चार रन बनाइन । यो जितसँगै लुम्बिनीले दुई खेलमा चार अंक बनाएको छ ।
Discussion about this post