अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को पुरुष एसोसिएट प्लेयर अफ द डिकेडकाे अवार्ड स्कटल्यान्डका कप्तान काइल कोट्जरले जितेका छन् ।
याे अवार्डका लागि नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का मनोनयनमा थिए । तर भाेटिङमा पारस पछाडी पर्न पुगे । पछिल्लो एक दशकमा उत्कृष्ट प्रर्दशन गर्ने एसोसिएट खेलाडीकाे सम्मानका लागि याे अवार्ड दिइएकाे हाे ।
जसमा कोट्जरसँगै पारस खड्का, कलुम म्याक्लेओड, रिची बेरिंगटन, पपुवा न्युगिनीका असाद भाला र नेदरल्यान्ड्सका पिटर बोरेन मनोनयनमा थिए । आइसीसीले याे अवार्डकाे विजेता कोट्जर भएकाे सार्वजनिक गरेकाे छ ।
कोट्जले पछिल्लो एक दशकमा स्कटल्यान्डबाट उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । उनकै कप्तानीमा सन् २०१८ मा स्कटल्यान्डले इंग्ल्यान्डलाई हराएको थियो ।
पारसले पछिल्लो एक दशकमा नेपाललाई डिभिजन पाँच देखि ओडिआई मान्यतासँगै टि २० विश्वकमा पुर्याउन ठूलाे भूमीका खेलेका थिए ।
पछिल्लो १० बर्षमा देशका लागि अन्तराष्ट्रिय क्रिकेटमा पुर्याएको योगदानका आधारमा मनोनयन सार्वजनिक गरेको थियाे । यो मनोनयनमा २०११ को जनवरी एक बाट १७ अक्टोबर २०२० सम्मको प्रदर्शनलाई आधार मानिएको थियाे ।
यसका साथै यो अवार्ड जित्नेले विश्वकपको ४५ वटा टिकट पाउनेछ भने १५ वटा ओप्पोको रेनो फोर प्रो मोबाइल पाउनेछन । यस्तै विश्वकपका बेला रंगशाला भित्र राखिएको पसलमा ५० डलरको ५० वटा भौचर पाउनेछ । यसका साथै यो अवार्डका लागि मनोनयनमा परेका खेलाडीले नोमिनी अवार्ड पाउनेछन ।
महिला तर्फ यो अवार्ड स्कटल्याण्डकी काथरिन ब्रेसीले जितेकी छिन ।
Discussion about this post