एपीएफकाे लगातार दाेस्राे जित

सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप महिला टी २० क्रिकेट प्रतियोगितामा बिभागिए टिम एपीएफले लगातार दोस्रो जित निकालेको छ । यो जितपछि उसले समुह ए बाट सेमिफाइनलको यात्रा बलियो बनाएको छ । समुह चरणको दोस्रो खेलमा एपीएफले प्रदेश दुईलाई आठ विकेटले हरायो ।

लमही क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश दुईले निर्धारीत २० ओभरमा आठ विकेट गुमाउँदै ७२ रन बनायो । उसका लागि दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।

जसमा शोभा आलले १३ तथा अनुराधा चौधरीले १८ रन बनाइन । तर त्यसपछिका खेलाडी एकपछि अर्को गर्दै पेभेलियन फर्किए । प्रदेश दुईलाई कम स्कोरमा रोक्नका लागि सिता रानामगरले दुई तथा रेखा रावल, करुणा भण्डारी, इश्वरी विष्ट र राजमती ऐरीले एक एक विकेट लिए ।

जवाफमा एपीएफले १३ ओभर एक बलमा दुई विकेट गुमाउँदै लक्ष्इ पुरा गर्यो । एपीएफको जितमा ज्योती पाण्डेले ३० तथा कप्तान सिता रानमगरले १८ रन बनाइन । प्रदेश दुईले १८ अतिरीक्त रन दिएको थियो ।

यो जितसँगै एपीएफ समुह ए मा चार अंक बनाउँदै रनरेटका आधारमा लुम्बिनीलाई पछि पारेर शिर्ष स्थानमा उक्लिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest