प्रदेश २ काे सान्त्वना जित

सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा प्रदेश दुईले पहिलो जित निकालेको छ । आज भएको खेलमा प्रदेश दुईले कर्णाली प्रदेशलाई एक सय ४३ रनले हरायो ।

लमही क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश दुईले २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ६५ रन बनायो । उसका लागि अनुराधा चौधरीले अर्धशतकीय पारी खेले । जसमा उनले ६० बलमा ६९ रन बनाए । यो क्रममा उनले ६ चौका प्रहार गरे ।

यस्तै शोभा आलले २३ रन बनाइन भने बिमला मगरले २१ रनको योगदान गरिन । प्रदेश दुईले ४३ अतिरीक्त रन पायो । बलिङमा कर्णाली प्रदेशका लागि निशा पराजुलीले दुई विकेट लिइन ।

जवाफमा कर्णाली प्रदेश २० ओभर २२ रन बनायो ।

जारी प्रतियोगिताको सबै भन्दा कमजोर टिम देखिएको कर्णालीको कुनैपनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । चार रनमा पहिलो विकेट गुमाएको कर्णालीले ११ रन बनाउँदा चार विकेट खेर फालेको थियो । त्यसपछि पनि उसको विकेट झर्नेक्रम रोकिएन । जसका कारण १९ रन बनाउँदा उसले नौ विकेट खेर फाल्यो । अन्ततः कर्णाली २१ रनमा अलआउट भयो ।

जारी प्रतियोगितामा कर्णालीको यो लगातार तेस्रो हार हो । यो हारपछि कर्णाली प्रतियोगिताबाट बाहिरीएको छ । यता पहिलो जित निकालेको प्रदेश दुईको पनि सेमिफाइनलमा पुग्ने संभावना सकिसकेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest