भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली आइसीसीको दशकको उत्कृष्ट खेलाडीको अवार्ड जित्न सफल भएका छन ।
सन् २०११ मा आइसीसी विश्वकप क्रिकेटको उपाधि जितेका कोहलीले २०१३ मा च्याम्पियन्स ट्रफिको उपाधि उचालेका थिए ।
यस्तै २०१८ मा अष्ट्रेलियामा टेष्ट सिरिज जित्ने पहिलो भारतीय कप्तान बनेका थिए ।
कोहलीले यो एक दशकमा दुई हजार तीन सय ९६ रन बनाएका छन भने ६६ वटा शतक र ९४ अर्धशतक बनाएका छन ।
यस्तै भारतीय पूर्व कप्तान महेन्द्रसिंह धोनीले दशकको आइसीसी स्प्रिट अफ क्रिकेट अवार्ड जितेका छन ।
भारतका सफल कप्तान धोनीले यो एक दशकमा हात पारेको सफलता र उनको ब्यवहारका कारण यो अवार्ड जित्न सफल भए ।
यस्तै महिलामा दशकको उत्कृष्ट खेलाडीको अवार्ड अष्ट्रेलियाकी एलीसी पेरीले जितिन । उनी महिला क्रिकेटमा यो एक दशकमा सर्वाधिक सफल खेलाडी मानिएकी छिन ।
उनले चार पटक महिला टी २० विश्वकपको उपाधि जितेकी थिइन । यसका साथै सन् २०१३ मा महिला विश्वकपको पनि उपाधि उचालेकी थिइन ।
Discussion about this post