Cricnepal.com
Wednesday, January 27, 2021
  • English
  • नेपाली
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series1
    • Prime Minister Cup 2021
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social
Cricnepal.com
No Result
View All Result
Cricnepal.com
No Result
View All Result

पीएम कप महिला क्रिकेटमा एपीएफ समुह विजेता

by cricnepal.com Staff
December 28, 2020 - Updated on January 5, 2021
0

दाङको लमहीमा जारी सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको समुह ए को सेमिफाइनल समिकरण पुरा भएको छ । समुहको अन्तिम खेलमा उपाधिको दावेदार एपीएफले प्रदेश दुईलाई ६१ रनले पराजित गर्दै समुह विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गर्यो ।पराजित भएको लुम्बिनी पनि उप विजेताको हैसियतमा सेमिफाइनल पुग्यो ।

लमही क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा चार विकेट गुमाउँदै एक सय २२ रन बनायो ।

उसका लागि ओपनर ज्योती पाण्डेले ४९ रन बनाइ । मध्यम सुरुवात गरेको एपीएफले पहिलो विकेटका लागि ४४ रनको साझेदारी गरेको थियो ।

उसका लागि राजमती ऐरीले ११ रन बनाइन भने इन्दु बर्माले २८, ममता चौधरीले चार तथा सरिता मगरले १० रनको योगदान गरिन । यस्तै सोनु खड्काले दुई रनमा अविजित रहिन ।

बलिङमा लुम्बिनीका लागि नेरी थापाले दुई, सरस्वती पुन र क्रितिका मरासैनीले एक एक विकेट लिए ।

एपीएफले दिएको १२३ रनको लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित ओभरमा ७ विकेट गुमाएर ६१ रनमा रोकिन पुग्यो ।

लुम्बिनीका लागि लक्ष्मी चौधरीले ११ रन बनाइन् । विकेटकिपर नितु भण्डारी सून्य रनमै पभेलियन फर्किदा कप्तान नेरी थापा एक रन बनाएर क्रिजबाट विदा भइन् । सरस्वती जिएमले ७ रन बनाउँदा गिता गोसाईं ४ रन बनाएका बेला रनआउटको शिकार बनिन् ।

सरस्वती पुन १० रनमा नटआउट रहिन् भने स्वस्तीका बज्गाईं ४ तथा वर्सा राना २ तथा सर्मिला मगर १ रनमा आउट हुन पुगे ।

लुम्बिनीलाई रोक्ने क्रममा एपीएफकी करुणा भण्डारीले तीन विकेट लिँदा सोनु खड्का र रेखा रावलले एकएक विकेट लिए ।

आजै भएको पहिलो खेलमा प्रदेश २ ले कर्णाली प्रदेशलाई पराजित गरेको थियो । यो खेलको नतिजाले भने सेमिफाइनल समिकरणमा कुनै असर गरेन भने प्रदेश २ ले प्रतियोगितामा सान्त्वना जित दर्ता गरेको थियो ।

Tags: Armed Police Force Women

सम्बन्धित समाचार

पीएम कप क्रिकेटकाे उपाधि प्रदेश एककाे पक्षमा

प्रदेश एकले एपीएफलाई दियाे १०६ रनको लक्ष्य

महिला क्रिकेटको उपाधिका लागि एपीएफ र प्रदेश एक भिड्ने

एपीएफकाे लगातार दाेस्राे जित

Load More
Next Post

अस्ट्रेलिया बिरुद्दको दोस्रो टेस्टमा भारत ८ विकेटले विजयी

सुदुरपश्चिमकाे सहज जित

Discussion about this post

January 27, 2021
1st Semi-final
APF
203/9
NPC
91/5
Scorecard | Series Home
January 25, 2021
Match 20
PRO-2
169/7
NPC
170/6
Scorecard | Series Home
January 25, 2021
Match 19
APF
240/10
TAC
234/8
Scorecard | Series Home
January 24, 2021
Match 18
BAG
220/9
LUM
220/10
Scorecard | Series Home
January 24, 2021
Match 17
PRO-2
195/10
SUD
196/7
Scorecard | Series Home
January 23, 2021
Match 16
SUD
62/10
LUM
64/4
Scorecard | Series Home

मुख्य समाचार

आइपीएलको अक्सन फेब्रेवरी १८ मा

एपीएफले पुलिसलाई दुई सय चार रनको लक्ष्य

नेपालले कतारमा टी-२० सिरिज खेल्ने, पीएम कपकाे विजेताले १० लाख पाउने

  • About us
  • Advertise
  • Write for us
  • Privacy Policy
  • TOC’s
  • Contact us
English Edition

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal

No Result
View All Result
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup 2021
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal