अस्ट्रेलिया बिरुद्दको दोस्रो टेस्टमा भारत ८ विकेटले विजयी

भारत र अस्ट्रेलियाबीचको चार टेस्टको श्रृंखला एक-एकको बराबरीमा आइपुगेको छ । पहिलो टेस्टमा अस्ट्रेलिया विजयी भएको थियो भने आज दोस्रो टेस्टमा भारतले ८ विकेटको जित दर्ता गर्दै सिरिज एक एक को बराबरीमा आइपुगेको हो ।

सिरिज अन्तर्गत अब २ वटा टेस्ट बाँकी छन् । मेलवर्नमा अस्ट्रेलियाले पहिला ब्याटिङ गर्दै १९५ रन बनाएको थियो । जवाफमा भारतले पहिलो पारिमा ३२६ रन बनाउँदै अल आउट भयो ।

पहिलो पारिमा भारतसँग १३५ रनले पछि परेको घरेलु टोली अस्ट्रेलियाले पनि दोस्रो पारिमा धेरै रन जोड्न सकेन । चौथो दिनको विहानी सत्रमै अस्ट्रेलिया २०० रन बनाएर आउट हुन पुग्यो । तेस्रो दिनको खेल सकिंदा २ रनको अग्रता लिएको अस्ट्रेलियाले आज थप ६७ रन मात्रै थप्दा अलआउट भएपछि भारतले ७० रनको झिनो लक्ष्य पाएको हो ।

अस्ट्रेलियाका लागि क्यामरुन ग्रिनले सर्वाधिक ४५ रन बनाउँदा म्याथ्यु वेडले ४० रनको योगदान गरेका थिए । २ रनको अग्रता लिएका बेला तेस्रो दिनको खेल सकिएको थियो भने टिमले ६७ रन जोड्दा बाँकी ४ विकेट पनि गुमाउन पुग्यो ।

मिचेल स्टार्स १४ रनमा नटआउट रहे । भारतका मोहम्मद सिराजले ३ विकेट लिँदा रविचन्द्र आश्विन, रविन्द्र जडेजा र जसप्रित बुमराहले दुई दुई विकेट लिए ।

७० रनको लक्ष्य पछ्याएको भारतको सुरुवात भने राम्रो रहेन । टिमको स्कोर १६ रन हुँदा मायंक अग्रवाल आउट हुन पुगे । उनी व्यक्तिगत ५ रनमा पभेलियन फर्किएका हुन् । त्यसपछि क्रिजमा आएका चेतेश्वर पुजाराले व्यक्तिगत तीन रन जोडेर आउट हुँदा भारतले १९ रनमा दोस्रो विकेट गुमाएको थियो ।

सुभमन गिल र कप्तान अजिंक्या रहाणेले भारतको पारि अघि बढाउँदै जित दिलाएका थिए । रहाणे २७ रनमा तथा सुभमन ३५ रनमा नआउट रहे । यी दुईका बीचमा तेस्रो विकेटका लागि ५१ रनको साझेदारी भयो ।अस्ट्रेलियाका लागि मिचेल स्टार्स र पेट कमिन्सले एक एक विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest