सुदुरपश्चिमकाे सहज जित

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले विजयी सुरुवात गरेको छ । दाङको लमहीमा भएको खेलमा सुदुरले गण्डकी प्रदेशलाई ६० रनले हरायो ।

टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले १९ ओभर तीन बलमा एक सय सात रनमा अलआउट भयो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।

मञ्जु बोगटी १० रन बनाइन् भने विन्दु रावल १३ र रेवती धामीले २७ रन बनाइन् भने अन्य खेलाडी सस्तैमा पेभेलियन फर्किएका थिए ।

सुदुर पश्चिमलाई सस्तैमा समेट्न गण्डकीका श्रृष्टि पौडेल र एलिशा लामिछानेले समान ३ विकेट लिदा अञ्जली विश्वकर्मा, कुसुम गोदार र ज्योत्सनिका मरासिनिले समान एक एक विकेट लिएका छन् ।

जवाफमा गण्डकी प्रदेश २० ओभरमा ६ विकेट गुमाउँदा मात्र ४८ रनमा रोकियो । खराव ब्याटिङ गरेको गण्डकीले दुई रन हुँदा पहिलो विकेट गुमायो भने ६ रनमा दोस्रो, १७ रनमा तेस्रो, २३ रनमा चौथो, २९ रनमा पाँचौ र ३२ रनमा छैटौं विकेट गुमायो ।

उसका कुनैपनि खेलाडीविच राम्रो साझेदारी हुन नसक्दा टिम टिमले हार ब्यहोर्यो । उसका कुनैपनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । उसका लागि सृष्ठि पौडेलले बनाएको आठ रन नै सर्वाधिक हो । बलिङमा सुदुरका लागि सुनिता लुहारले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest