राष्ट्रिय टिमको जर्सीको प्रायोजन अधिकार विक्रि

नेपाल क्रिकेट संघले राष्ट्रिय क्रिकेट टिमको जर्सीको प्रायोजन खोज्ने अधिकार एडप्याड प्रालीलाई विक्रि गरेको छ ।

१५ महिनाको अवधि रहेको सो सम्झौतामा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र एडप्याडका अध्यक्ष सुदिप थापाले हस्ताक्षर गरेका छन । नयाँ सम्झौतापछि अब राष्ट्रिय क्रिकेट टिमको जर्सीमा प्रायोजन खोज्ने र विक्रि गर्ने अधिकार एडप्याडले गर्ने भएको छ ।

सम्झौता करिव एक करोड रुपैयाँमा गरिएको स्रोतले बताएको छ । नेपाल क्रिकेट संघ अहिले प्रायोजक विहिन नै रहेको छ । क्यानको नयाँ कार्यसमिती आएपछि क्यानले विस्तारै प्रायोजक खोज्ने काम गरिरहेको छ । त्यसमा पहिलो चरणमा राष्ट्रिय टिमको जर्सीको प्रायोजनका खोज्ने कम्पनीका रुपमा एडप्याडलाई भित्र्याएको हो ।

नेपाल क्रिकेट संघ क्यान निलम्बनमा परेपछि क्रिकेटरले लगाउने जर्सीमा क्यानको लागोमात्र होइन कुनै प्रायोजकको पनि लागो थिए । अब एडप्याडले टिमको जर्सीमा जतिपनि प्रायोजक ल्याएपनि बेच्ने अधिकार उसैको हुनेछ ।

यस्तैमा नेपाल क्रिकेट संघले राष्ट्रिय टिमको जर्सीको डिजाइनपनि परिवर्तन गर्ने आन्तरीक तयारी गरेको छ । यसका लागि विभिन्न डिजाइन आन्तरीक रुपमा हेरिरहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest