प्रदेश एकको विजयी सुरुवात

प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता प्रदेश एकले विजयी सुरुवात गरेको छ । आज (मंगलबार) भएको खेलमा प्रदेशले बागमती प्रदेशलाई ४६ रनले हरायो ।

लमही क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एकले कप्तान रुवीना क्षेत्रीको अर्धशतकमा २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ६ रन बनायो । उसका लागि रुवीनाबाहेक अप्सरी बेगमले मात्र दोहोरो अंक जोड्न सके ।

खराव सुरुवात गरेको प्रदेश एकले खाता खोल्न नपाउँदै पहिलो विकेट गुमायो । त्यसपछि ४६ रनमा दोस्रो विकेट खेर फालेको उसले ८५ रन बनाउँदा पाँच विकेट गुमायो ।

उसकी ओपनर काजल श्रेष्ठले खाता खोल्न सकिनन्, रोमा थापा र लकिता राजवंशीले समान चार चार, अप्सरी बेगमले १६ रन बनाइन ।

जवाफमा बागमती प्रदेश १६ ओभर चार बलमा मात्र ६० रनमा अलआउट भयो ।

उसका लागि दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । उसका लागि कञ्चन श्रेष्ठले १३ र सुमन खतिवडाले १२ रन बनाउँदा बाँकी खेलाडी एकोहोरो रुपमा पेभेलियन फर्किए ।

बागमतीले पनि सुरुवात राम्रो गर्न सकेन । मात्र दुई रनमा पहिलो विकेट गुमाएको बागमतीले १६ रनमा दोस्रो, ३३ रनमा तेस्रो, ३५ रनमा चौथो, ३९ रनमा पाँचौ विकेट गुम्यो ।

तर त्यसपछि पनि लगातार विकेट गुमाउँदा बागमती ६० रनमा अलआउट भयो । बागमतीलाई कमजोर पार्नका लागि निग्मा तामाङले तीन तथा अप्सरी बेगमले दुई विकेट लिए ।

बागमतीलाई कमजोर पार्नका लागि निग्मा तामाङले तीन तथा अप्सरी बेगमले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest