दक्षिण अफ्रिका एक पारी र ४५ रनले विजयी

श्रीलंकाविरुद्धको पहिलो टेष्टमा दक्षिण अफ्रिका एक पारी र ४५ रनले विजयी भएको छ । जितसँगै दक्षिण अफ्रिकाले दुई खेलको सिरिजमा एक शुन्यको अग्रता बनाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका पहिलो पारीमा तीन सय ९६ रनमा समेटिएको थियो । उसका लागि दिनेश चन्दिमलले सर्वाधिक ८५ रन बनाए । यस्तै धनन्जय डी सिल्भाले ७९ रन बनाउँदा निरोसन डिकवेलाले ४९ रनको योगदान गरे । यस्तै धनुष सनाकाले ६६ रन बनाउँदा बाकि खेलाडी सस्तैमा आउट भए ।

जवाफमा दक्षिण अफ्रिकाले पहिलो पारीमा फाफ डुप्लिसिसको एक सय ९९ रनको मद्दतले ६ सय २१ रन बनायो । उसका लागि डियन इल्गरले ९५ रन बनाउदा इडेन मार्करमले ६८ रनको योगदान गरे ।

यस्तै केशब महराजले ७३ तथा तेम्बा बाभुमाले ७१ रनको योगदान गरे ।

पहिलो पारीमा भारी रनले पछि परेको श्रीलंका दोस्रो पारीमा मात्र एक सय ८० रनमा अलआउट भयो । उसका कुशल परेराले ६४, वानिन्दु हसरंगाले ५९ रन बनाए । जसका कारण श्रीलंका भारी अन्तरले हार्न बाध्य भयो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest