बंगलादेशविरुद्धको सिरिजका लागि वेष्ट इन्डिज टिमको घोषणा

बंगलादेशविरुद्धको सिरिजका लागि वेष्ट इन्डिज टिमको घोषणा गरिएको छ । जनवरीमा तीन एकदिवसिय र दुई टेष्टका लागि वेष्ट इन्डिजले फरक फरक टिमको घोषणा गरेको छ ।

कोरोनाको डरले वेष्टइन्डिजका कुल १० खेलाडीले नाम फिर्ता लिएका छन । जसमा जेसोन होल्डर, कायरन पोलार्ड, डारेन ब्राभो, समराह ब्रोक्स, रोस्टोन चेज, सेल्डोन कोटरेल, इभिन लुइस, सेइ होप, सिमरन हिटमेयर, निकोलस पुरन छन । यस्तै फाबियन एलेन र सेन डोरिचले ब्यक्तिगत कारणले बंगलादेश नजाने निर्णय गरेका छन ।

नियमित कप्तान जेसोन होल्डरले नाम फिर्ता लिएपछि वेष्ट इन्डिजको टेष्टको कप्तान कार्लोस ब्रेथवेटले गर्नेछन । जेरमेइन ब्ल्याकउडले उपकप्तानी गर्नेछन ।

वेष्ट इन्डिज ए टिमका कप्तान जसोन मोहमेदले एकदिवसिय टिमको कप्तानी गर्ने भएका छन । एकदिवसिय टिमका लागि दुई नयाँ खेलाडीलाई टिममा बोलाइएको छ । जसमा स्पिनर अकील होसेन र जोर्न ओट्ले छन ।

वेष्ट इन्डिज जनवरी १० तारिख ढाका पुग्नेछ । त्यसमा जनवरी २० बाट पहिलो एकदिवसिय सिरिज सुरु हुनेछ । सिरिज फेब्रेवरी १५ मा सकिनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest