पाकिस्तानमाथि न्यूजिल्याण्डको रोमाञ्चक जित

सन् २०२० को अन्तिम अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा न्यूजिल्याण्डले पाकिस्तानलाई हराएको छ । पाकिस्तान विरुद्धको पहिलो टेस्टमा घरेलु टोली न्युजिल्याण्डले १०१ रनको जित हात पारेको छ । जितसँगै न्यूजिल्याण्डले पाकिस्तानविरुद्धको दुई खेलको सिरिजमा एक शुन्यको अग्रता बनाएको छ ।

घरेलु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएका घरेलु टिमले पहिलो पारीमा चार सय ३१ रन बनाएको थियो । उसका लागि कप्तान केन विलियम्सनले एक सय २९ रन बनाए । यस्तै वाटलिङले ७३ तथा रोस टेलरले ७० रनको योगदान गरे ।

जवाफमा पाकिस्तान पहिलो पारीमा मत्र दुई सय ३९ रनमा अलआउट भयो । उसका चार खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा फाहिम अर्सफले ९१ रन बनाउँदा कप्तान मोहम्मद रिजवानले ७१ रन बनाए । यस्तै अवीद अलीले २५ रन थपे ।

पहिलो पारीमा राम्रो अग्रता बनाएको न्यूजिल्याण्डले दोस्रो पारीमा थप एक सय ८० रनमा पाँच विकेट गुमाएर पारिको घोषणा गरेको थियो ।

जसका कारण पाकिस्तानले तीन सय ७३ रनको लक्ष्य पाएको थियो । तर त्यो लक्ष्यमा पनि पाकिस्तान कमजोर बन्यो । उसका लागि फवाद आलमले शतकीय पारी खेलेपनि अरु खेलाडीले दरिलो साथ दिन सकेनन् । उसका लागि मोहम्मद रिजवानले ६० रन बनाउँदा बाँकी खेलाडी सस्तैमा आउट भए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest