प्रदेश एक सेमिफाइनलमा

सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा प्रदेश एकले लगातार दोस्रो जित निकालेको छ । आज (बुधबार) भएको खेलमा प्रदेश एकले सुदुरपश्चिम प्रदेशलाई पाँच विकेटले हरायो । यो जितसँगै प्रदेश एकले समुह बी बाट सेमिफाइनल नजिक पुगेको छ ।

लमही क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदुरले १६ ओभरमा झारीएको खेलमा ८ विकेट गुमाउँदै ५३ रन बनायो । उसका लागि एक खेलाडीले मात्र दोहोरो अंक जोड्न सकिन ।

जसमा कविता जोशीले सर्वाधिक १४ रन बनाइन । खराव सुरुवात गरेको सुदुरले चार रन हुँदा पहिलो विकेट गुमाएको थियो भने २० रन जोड्दा सात विकेट खेर फालेको थियो ।

तर त्यसपछि पनि उसले राम्रो ब्याटिङ गर्न सकेन र ५३ रन मात्र बनाउन सक्यो । बलिङमा प्रदेश एकका लागि संगिता राईले तीन तथा सबनम राईले दुई विकेट लिएन ।

जवाफमा प्रदेश एकले १५ ओभर एक बलमा पाँच विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

प्रदेश एकका लागि कप्तान रुवीना क्षेत्रीले सर्वाधिक १२ रन बनाइन । १६ रनमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि उसले ४४ रन बनाउँदा पाँच विकेट खेर फाल्यो । उसका काजल श्रेष्ठ मात्र एक रनमा आउट भए भने रोमा थापा पाँच, अप्सरी बेगम नौ, लकिता राजवंशी तीन रनमा आउट भए ।

अन्तिममा नगिमा तामाङले अविजीत सात तथा संगिता राईले अविजीत दुई रन बनाउँदै टिमलाई दित दिलाइन । पहिलो खेलमा सुदुरपश्चिमले गण्डमी प्रदेशलाई हराएको थियो । यो प्रतियोगितामा सुदुरको यो पहिलो हार हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest