प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा बागमतीले पहिलो जित

प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा बागमतीले पहिलो जित निकालेको छ । बुधबार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६५ रनले हरायो । यो हारपछि बागमतीले सेमिफाइनलको संभावना कायमै राखेको छ ।

लमही क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारीत २० ओभरमा चार विकेट गुमाउँदै एक सय ५३ रन बनायो । उसका लागि कञ्चन श्रेष्ठले २७ रन बनाइन भने विन्दा कटवालले ३८ रनको योगदान गरिन । यस्तै सुमन खतिवडाले ३१ रन जोड्दा आरती विडारीले अविजीत १० रन बनाइन ।

निकै बलियो सुरुवात गरेको बागमतीले पहिलो विकेटका लागि ७६ रनको साझेदारी गरेको थियो । त्यपछि एक सय २९ रनमा दोस्रो विकेट गुमाएको बागमतीले एक सय ३१ रनमा तेस्रो र एक सय ५३ रनमा चौथो विकेट गुमायो । बलिङमा गण्डकीका लागि अलिसा लामिछानेले दुई विकेट लिइन ।

जवाफमा गण्डकी प्रदेशले २० ओभरमा पाँच विकेट गुमाउँदै ८८ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान सिला क्षेत्रीले २६ रन बनायँदा सृष्ठि पौडेलले ३० रन बनाइन । तर अरु खेलाडीले राम्रो खेल्न सकेनन् ।

आठ रनमा पहिलो विकेट गुमाएको गण्डकीले १६ रनमा दोस्रो विकेट गुमाएको थियो । त्यपछि तेस्रो विकेटका लागि सिला र सृष्ठिले अर्धशतकीय साझेदारी गरेका थिए । तरपनि टिमलाई हारबाट बचाउन सकेनन् ।

हारपछि गण्डकी भने प्रतियोगिताबाट बाहिरीएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest