सुदुरपश्चिम सेमिफाइनलमा

सुदुरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समुह बी अन्तर्गत भएको खेलमा सुदुरपश्चिमले बागमतीलाई २८ रनले हरायो ‌।

लमही क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे सुदूरपश्चिमले ११ ओभरमा झारिएकाे खेलमा ४ विकेट गुमाउँदै ७६ रन बनायाे । सुदूरपश्चिमका लागि डली भट्ट सर्वाधिक २८ रनमा अविजित रहिन् । उनले १४ बलमा २ चौका र २ छक्का प्रहार गरिन ।

यस्तै रेवती धामीले मात्र २ रन बनाइन भने मन्जु बोगटी ५ रनमा एलबिडब्लू आउट भइन । लगत्तै कप्तान विन्दु रावल पनि सस्तैमा पेभेलियन फर्किइन । कविता जाेशीले १२ रन बनिन ।

कविता कुवँरले १९ रन बनाइन । बलिङमा आरती विडारीले २ ओभरमा १३ रन खर्चेर ३ विकेट लिइन् । निसा तामाङले १ विकेट लिइन् ।

जवाफमा बागमती ११ ओभरमा ९ विकेट गुमाउँदै ४८ रन बनायो । बागमतीका लागि सुमन खतिवडाले सर्वाधिक २७ रन बनाइन । उसका सात खेलाडीले खाता खोल्न सकेनन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest