गण्डकी प्रदेशलाई एक सय ४० रनले हराउँदै प्रदेश एक सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको समुह बी बाट विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।
लमही क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे प्रदेश १ ले निर्धारित २० ओभरमा मात्र एक विकेट गुमाउँदै १ सय ४७ रन बनायाे । उसका लागि विकेटकिपर काजल श्रेष्ठले ५२ रन बनाइन भने रोमा थापाले ५१ रनमा अविजित रहिन् ।
दोस्रो विकेटका लागि रोमा थापा र काजल श्रेष्ठले १ सय ११ रनको शतकीय साझेदारी गरेका थिए । यस्तै रुविना क्षेत्रीले १५ रन बनाइन ।्र
जवाफमा गण्डकी प्रदेश ८ अाेभरमा मात्र ७ रनमा समेटियाे । उसका लागि २ खेलाडीले मात्र खाता खाेल्न सफल भइन ।
जारी प्रतियोगितामा सबै भन्दा कम स्कोरमा अलआउट हुने क्रममा गण्डकी प्रदेश मात्र रनमा अलआउट भयो । यसअघि यो प्रतियोगितामा सबै भन्दा कम स्कोर कणार्ली प्रदेशको रहेको थियो । उसले प्रदेश दुई विरुद्ध २२ रनमात्र बनाएको थियो ।
तर प्रदेश एक विरुद्ध गण्डकी प्रदेशले मात्र रन बनायो । उसका सात खेलाडीले खाता खोल्न सकेनन् । खाता बोल्न नपाउँदै पहिलो विकेट गुमाएको गण्डकी दुई रन थप्दा अरु पाँच विकेट गुमायो । तर अन्तिममा गण्डकी प्रदेश रनमा अलआउट भयो ।
गण्डकी प्रदेशको पारीलाई ध्वस्त पार्नका लागि सबनम राईले चार तथा संगिता राईले चार विकेट लिइन ।
Discussion about this post