यादवकाे स्थानमा नटराजन भारतीय टेष्ट टिममा

चोटका कारण अष्ट्रेलियाविरुद्धको बाँकी दुई टेष्ट गुमाउने भएका उमेश यादवको स्थानमा भारतले नटराजनलाई टिममा बोलाएको छ ।

भारतीय क्रिकेट बोर्डले यदावको स्थानमा बाँकी दुई टेष्टका लागि नटराजनलाई टिममा राखेको हो । बाँया हाते तिब्रगतिका बलर नटराजनलाई पहिलो पटक टेष्ट टिममा मौका दिइएको हो ।

अष्ट्रेलिया सिरिजमा नेट बलरका रुपमा टिममा रहेका उनले भारतीय टेष्ट टिममा पर्ने सुनौलो मौका पाएका छन । उमेश यादवले पिडौंलाको चोट बोकेपछि टिमबाट बाहिर भएका छन । मेलबर्नमा भएको दोस्रो टेष्टको तेस्रो दिन उनले चोट बोकेका थिए ।

यस्तै मोहम्मद सामीको स्थानमा सरदुल ठाकुरलाई टिममा राखिएको छ । सामीलाई पनि चोट लागेपछि टिम बाहिर भएका थिए । दुबै बलर सामी र यादव बैंग्लोरमा रहेको नेशनल एकेडेमीमा रिह्याबका लागि बस्ने भएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest