सन्दिप शनिबारकाे खेल खेल्ने सम्भावना

नेपाली क्रिकेटर सन्दिप लामिछाने अष्ट्रेलियामा जारी विगब्यास लिगका लागि टिमका प्रशिक्षणमा जुटेका छन ।

नेपालबाट गएपछि १४ दिनको क्वारेन्टिन समय सकेर उनी हिजोबाट प्रशिक्षणमा फर्किएका हुन । उनी भोली मेलबर्न स्टार्सविरुद्धको खेलका लागि टिममा उपलबब्ध हुने भएका छन ।

होबर्टले सार्वजनिक गरेको १७ जनाको सूचीमा सन्दिपपनि अटाएका छन । नेपालबाट नै ढिलो गएका सन्दिपले अहिलेसम्म सुरुवाती ६ खेल गुमाइसकेका छन । तर उनले पूर्व क्लव मेबलर्नविरुद्धको खेलमा टिमबाट खेल्ने प्रबल संभावना रहेको छ ।

होबर्टले सन्दिप प्रशिक्षणमा फर्किएपछि अझ बलियो बनेको बताएको छ । सन्दिप होबर्टबाट डेब्यु गर्ने पर्खाईमा रहेका छन । होबर्टले सार्वजनिक गरेको १७ खेलाडीबाट नै मेलबर्नविरुद्धको खेलमा ११ खेलाडी छनोट गर्नेछ ।

स्टार्सविरुद्ध उपलब्ध होबार्टका  १७ खेलाडी : राइली मेरेडिथ, डविड मुडे, मिचेल ओवेन, विल परकेर, सक्ट बोल्यान्ड, जोहन बथा, टिम डेविड, नथान इल्स, पिटर ह्यान्डस्कोम्ब, कोलिन इनग्राम, सन्दीप लामिछाने, डविड मलान, बेन मक्डरमट, डार्सी सर्ट, चार्ली वाकिम, निक विन्टर र म्याकलिस्टर राइट

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest