महिला क्रिकेटको उपाधिका लागि एपीएफ र प्रदेश एक भिड्ने

सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागिए टिम एपीएफ र प्रदेश एक भिड्ने भएका छन । आज भएको दोस्रो सेमिफाइनलमा रुवीना क्षेत्रीको कप्तानमिा रहेको प्रदेश एकले लुम्बिनी प्रदेशलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनायो ।

लमही क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी १४ ओभर एक बलमा मात्र ५२ रनमा अलआउट भयो । उसका एक खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा नितु भण्डारीले २१ रन बनाउँदा बाँकी खेलाडी एकोहोरो रुपमा आउट भए ।

खराव सुरुवात गरेको लुम्बिनीले मात्र दुई रन हुँदा पहिलो विकेट गुमायो । पाँच रनमा दोस्रो विकेट गुमाएको उसले १८ रन बनाउँदा तेस्रो विकेट खेर फाल्यो । त्यसपछि २१ रन हुँदा उसले महत्वपुर्ण पाँच विकेट गुमाएको थियो ।

एकपछि अर्को विकेट गुमाएको लुम्बिनी अन्तिममा ५२ रनमा अलआउट भयो । उसका चार खेलाडीले खाता खोल्न सकेनन् भने १० खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

लुम्बिनीको पारीलाई ध्वस्त पार्नका लागि निमा तामाङ र संगिता राईले दुई दुई विकेट लिए ।

जवाफमा प्रदेश एकले ८ ओभर पाँच बलमा विना विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो । उसको जितमा कप्तान रुविना क्षेत्रीले अविजीत २६ रन बनाइन भने काजल श्रेष्ठले पनि अविजीत २२ रन बनाइन ।

यसअघि पहिलो सेमिफाइनलमा एपीएफले सुदुरपश्चिमलाई नौ विकेटले हराउँदै फाइनलमा स्थान बनाइसकेको छ । फाइनल खेल भोली (आइतबार) हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest