प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा प्रदेश एकले विभागिए टिम एपीएफलाई एक सय ६ रनको लक्ष्य दिएको छ ।
लमही क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एकले २० ओभरमा चार विकेट गुमाउँदै एक सय पाँच रन बनायो ।
राम्रो सुरुवात गरेको प्रदेश एकले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेको थियो । तर त्यसपछि उसले स्कोरबोर्डमा अरु २० रन थप्दा अरु दुई विकेट गुमायो ।
प्रदेश एकका लागि अप्सरी बेगमले ३४ रन बनाइन भने कप्तान रुविना क्षेत्रीले १८ रनको योगदान गरिन । रोमा थापा मात्र तीन रनमा आउट हुँदा निशा शाहले पाँच रन बनाइन । काजल श्रेष्ठले अविजित २७ रन बनाइन ।
बलिङमा सिता रानामगरले तीन तथा करुणा भण्डारीले एक विकेट लिइन ।
Discussion about this post