Cricnepal.com
Monday, January 25, 2021
  • English
  • नेपाली
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series1
    • Prime Minister Cup 2021
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social
Cricnepal.com
No Result
View All Result
Cricnepal.com
No Result
View All Result

पीएम कप क्रिकेटकाे उपाधि प्रदेश एककाे पक्षमा

by cricnepal.com Staff
January 3, 2021 - Updated on January 4, 2021
0

Province 1 Women won the final of PM Cup 2020

सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश एकले जितेको छ । फाइनलमा विभागिए टिम एपीएफलाई ६ रनले हराउँदै पहिलो पटक यो प्रतियोगिताको उपाधि उचालेको हो ।

लमही क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एकले २० ओभरमा चार विकेट गुमाउँदै एक सय पाँच रन बनायो ।

राम्रो सुरुवात गरेको प्रदेश एकले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेको थियो । तर त्यसपछि उसले स्कोरबोर्डमा अरु २० रन थप्दा अरु दुई विकेट गुमायो ।

प्रदेश एकका लागि अप्सरी बेगमले ३४ रन बनाइन भने कप्तान रुविना क्षेत्रीले १८ रनको योगदान गरिन । रोमा थापा मात्र तीन रनमा आउट हुँदा निशा शाहले पाँच रन बनाइन । काजल श्रेष्ठले अविजित २७ रन बनाइन ।

बलिङमा सिता रानामगरले तीन तथा करुणा भण्डारीले एक विकेट लिइन ।

Completed
Province 1 Women
105/4
(20.0 ov)
v
99/7
(20.0 ov)
Armed Police Force Women

PRO-1 Women won by 6 runs

जवाफमा एपीएफले २० ओभरमा सात विकेट गुमाउँदा ९९ रनमा रोकियो । खराव सुरुवात गरेको एपीएफले मात्र दुई रन हुँदा पहिलो विकेट गुमायो । त्यसपछि १८ रनमा दोस्रो विकेट गुमाएको एपीएफले २८ रनमा तेस्रो विकेट खेर फाल्यो । २९ रनमा चौथो विकेट गुमाएको उसले ३२ रनमा पाँचौ विकेट खेर फाल्यो ।

एक समय निकै दबावमा रहेको एपीएफलाई ममता चौधरी र करुणा भण्डारीले सम्हालेकि थिइन । उनीहरुले छैटौं विकेटका लागि ६४ रनको साझेदारी गरेका हुन ।

एपीएफका लागि ज्योती पाण्डेले १४ रन बनाइन भने राजमती ऐरीले खाता खोल्न सकिनन् । इन्दु बर्माले सात रन बनाउँदा सरिता मगरले ६ रन जोडिन । यस्तै सोनु खड्का मात्र एक रनमा आउट गरिन ।

एपीएफलाई जितका लागि अन्तिम ओभरमा १३ रन आवश्यक थियो । अन्तिम ओभरमा संगिता राईले दुई विकेट लिएपछि टिमलाई जित दिलाइन । उनले क्रिजमा राम्रो खेलिरहेकी ममता चौधरी ४३ रनमा आउट गरिन भने सिता रानामगरलाई दुई रनमा पेभेलियन फर्काइन । उसका लागि करूणा भण्डारीले अविजित २६ रन बनाइन ।

बलिङमा रूविना क्षेत्री र अलिशा खडियाले २-२ विकेट लिए ।

Tags: Armed Police Force WomenProvince 1 Women

सम्बन्धित समाचार

प्रदेश एकले एपीएफलाई दियाे १०६ रनको लक्ष्य

महिला क्रिकेटको उपाधिका लागि एपीएफ र प्रदेश एक भिड्ने

गण्डकीकाे लज्जास्पद हार, प्रदेश एक समुह विजेता

प्रदेश एक सेमिफाइनलमा

प्रदेश एकको विजयी सुरुवात

पीएम कप महिला क्रिकेटमा एपीएफ समुह विजेता

Load More
Next Post

प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट छनोट : ललितपुर विजयी

प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट छनोट : त्रिविलाई हराउँदै चितवन फाइनलमा

Discussion about this post

January 25, 2021
Match 20
PRO-2
169/7
NPC
170/6
Scorecard | Series Home
January 25, 2021
Match 19
APF
240/10
TAC
234/8
Scorecard | Series Home
January 24, 2021
Match 18
BAG
220/9
LUM
220/10
Scorecard | Series Home
January 24, 2021
Match 17
PRO-2
195/10
SUD
196/7
Scorecard | Series Home
January 23, 2021
Match 16
SUD
62/10
LUM
64/4
Scorecard | Series Home
January 23, 2021
Match 15
APF
218/10
Karnali
147/10
Scorecard | Series Home

मुख्य समाचार

श्रीलंकाविरुद्धको दोस्रो टेष्टमा इंग्ल्याण्ड ६ विकेटले विजयी

एपीएफविजेता र आर्मी उपविजेताका रुपमा सेमिफाइनलमा

पुलिस पीएम कपको सेमिफाइनलमा

  • About us
  • Advertise
  • Write for us
  • Privacy Policy
  • TOC’s
  • Contact us
English Edition

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal

No Result
View All Result
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup 2021
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal