Cricnepal.com
Wednesday, January 27, 2021
  • English
  • नेपाली
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series1
    • Prime Minister Cup 2021
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social
Cricnepal.com
No Result
View All Result
Cricnepal.com
No Result
View All Result

प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट छनोट : त्रिविलाई हराउँदै चितवन फाइनलमा

by Nischal Tiwari
January 4, 2021
0

काठमाडौँ, १९ पुस (रासस) : त्रिभुवन विश्वविद्यालयको टोलीलाई हराउँदै चितवन प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेटअन्तर्गत वाग्मती प्रदेशस्तरीय छनोटको फाइनलमा प्रवेश गरेको छ । समूह ‘बी’ मा रहेको चितवनले शनिबार सम्पन्न खेलमा त्रिविलाई तीन विकेटले पराजित गरेर शीर्षस्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो । मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको त्रिविले ४० ओभरमा सबै खेलाडी गुमाउँदै १४६ रन बनाएको थियो । त्रिविका लागि पृथु बाँस्कोटाले २८ तथा सुसान्त तिमिल्सिनाले २१ रन बनाउनुभयो । बलिङतर्फ चितवनका दीपेश श्रेष्ठ, दिवस आचार्य र प्रशान्त महतले दुई–दुई विकेट लिनुभयो ।

जितका लागि १४७ रनको लक्ष्य चितवनले ३५ दशमलव पाँच ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो । चितवनका लागि रोविन शर्माले २८, विकलकुमार गुप्ताले २२, सङ्घर्ष पौडेलले २०, आकाश थापाले १९ तथा अजित भण्डारीले १७ रन बनाउनुभयो । बलिङतर्फ त्रिविका लागि आयुश बानियाँले दुई विकेट लिनुभयो ।

यस्तै शनिबार नै अर्को खेलमा मवकानपुरले भक्तपुरलाई छ विकेटले हरायो । त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको भक्तपुरले ३५ दशमलव दुई ओभरमा १३६ रन बनायो । धिरज अधिकारीले ३६, प्रशान्त पण्डितले २९, अदित सुवेदीले १४ र कृष कार्कीले १९ रन बनाउनुभयो । बलिङतर्फ मकवानपुरका लागि रिजन ढकालले तीन तथा पियुष शर्मा र विशाल फुँयालले दुई–दुई विकेट लिनुभयो ।

एक सय ३७ रनको विजय लक्ष्य मकवानपुरले २८ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि तक्षक सिम्खडाले ६४ तथा विशाल फुँयालले २२ रन बनाउनुभयो । बलिङतर्फ भक्तपुरका सुवास खत्री र सुसान श्रेष्ठले दुई–दुई विकेट लिनुभयो ।

Tags: BhaktapurChitwanDipesh ShresthaMakwanpur

सम्बन्धित समाचार

वाग्मती प्रदेश छनोट : काठमाडौँ र चितवन उपाधिका लागि भिड्ने

आइसिसी बिश्व ट्वान्टी २० एसिया क्वालिफाइर ‘बि’ का लागि नेपाली टिमको प्रारम्भिक घोषणा

Nepal on a Himalayan Rise Despite ICC Ban

Galaxy,Nightangle through to Semis

Kathmandu, Dadeldhura Enter Last Eight

Chitwan’s Akash Thapa smashes six sixes

Load More
Next Post

सन्दिपले मेलबर्न स्टार्सविरुद्धको खेलमा दुई ओभरमा पाँच रन दिएर लिए एक विकेट

मेलबर्नविरूद्ध सन्दिप अन्तिममा महंगाे सावित

Discussion about this post

January 27, 2021
1st Semi-final
APF
203/9
NPC
173/10
Scorecard | Series Home
January 25, 2021
Match 20
PRO-2
169/7
NPC
170/6
Scorecard | Series Home
January 25, 2021
Match 19
APF
240/10
TAC
234/8
Scorecard | Series Home
January 24, 2021
Match 18
BAG
220/9
LUM
220/10
Scorecard | Series Home
January 24, 2021
Match 17
PRO-2
195/10
SUD
196/7
Scorecard | Series Home
January 23, 2021
Match 16
SUD
62/10
LUM
64/4
Scorecard | Series Home

मुख्य समाचार

एपीएफ पीएम कपकाे फाइनलमा, पुलिस ३० रनले पराजित

आइपीएलको अक्सन फेब्रेवरी १८ मा

एपीएफले पुलिसलाई दुई सय चार रनको लक्ष्य

  • About us
  • Advertise
  • Write for us
  • Privacy Policy
  • TOC’s
  • Contact us
English Edition

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal

No Result
View All Result
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup 2021
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal