सन्दिपले मेलबर्न स्टार्सविरुद्धको खेलमा दुई ओभरमा पाँच रन दिएर लिए एक विकेट

बिग ब्यास लिगमा होबर्ट हुरिकेन्सबाट खेलिरहेका सन्दिप लामिछानेले मेलबर्न स्टार्सविरुद्धको खेलमा दुई ओभरमा पाँच रन दिएर एक विकेट लिएका छन ।

उनले पहिलो ओभरमा कसिलो बलिङ गरेका छन । टिमका छैटौं तथा ब्यक्तिग पहिलो ओभर लिएर आएका सन्दिपले मात्र तीन रन दिए ।

उनको पहिलो बलमा ग्लेन म्याक्सवेलले एक रन दिँदा त्यसपछि मार्कुस स्टोनिसले दुई बल डट खेले ।

चौथो बलमा स्टोनिसले एक रन लिँदा पाँचौ बलमा म्याक्सवेलले अर्को एक रन दिए । ओभरको अन्तिम बलमा सन्दिपले डट फाले ।

त्यसपछि ब्यक्तिगत दोस्रो ओभरमा सन्दिपले पहिलो बलमा एक रन दिएका सन्दिपले दोस्रो ओभरमा म्याक्सवेलको विकेट लिन सफल भए ।

तेस्रो बल डट फालेका सन्दिपले चौथो बलमा एक रन दिए भने पाँचौ बलपनि डट फाले । ओभरको अन्तिम बल पनि डट फाले ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest